Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल फाइनान्सको साधारण सभा यसकारण स्थगित

निशा हुमाँगाई

सोमबार, ०८ भदौ २०७७, ११ : ०३ मा प्रकाशित

नेपाल फाइनान्सको साधारण सभा यसकारण स्थगित

अर्थ संसार, काठमाडौं - नेपाल फाइनान्स लिमिटेडकाे भाद्र ११ गते बिहीबार गर्ने भनिएकाे बिसाैँ, एक्काइसाैँ, बाइसाैँ, तेइसाैँ, चाैबिसाैँ, पच्चिसाैँ, छब्बिसाैँ र सत्ताइसाैँ साधारण सभा स्थगित भएकाे छ ।

हाल विश्वभर महामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरस (Covid-19) काे संक्रमण न्युनीकरण गर्न लागू गरिएकाे निषेधाज्ञाका कारण अर्काे सूचना प्रकाशित नभएसम्मका लागि सभा स्थगित गरिएकाे फाइनान्सले एक सूचना मार्फत जानकारी दिएकाे छ ।

फाइनान्सकाे सभा भाद्र ११ गते बिहीबार, एल्लाे प्यागाेडा हाेटल कान्तिपथ, काठमाडाैँमा बिहान ११ बजेबाट सुरु गर्ने भनिएकाे थियाे । 

फाइनान्सले १ बराबर १.७५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेकाे छ । फाइनान्सले २०७६ साल फागुन २९ गते सेबाेनमा निवेदन पेश गरेकाे छ । कम्पनीले १६ लाख ९७ हजार ५ सय ६ दशमलव २५ कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो । फाइनान्सले जारी गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले ग्रेड ५ रेटिङ प्रदान गरेको छ । ग्रेड ५ रेटिङले उक्त कम्पनीको आधारभुत पक्ष कमजोर रहेको देखाउँछ । कम्पनीकाे उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको