समाज लघुवित्तको आइपिओमा कति पर्यो आवेदन ? यस्तो छ पछिल्लो अपडेट
सोमबार, ०८ भदौ २०७७, १७ : ३४
मा प्रकाशित
अर्थ संसार, काठमाडौं– समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले निश्कासन गरेको साधारणसभा (आइपिओ) सोमबार बैंकिङ्गसमय पश्चात बन्द भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले दिएको अनुसार सोमबार ५ बजेसम्म ५ लाख ६४ हजार १३८ जना आवेदकबाट १ करोड १९ लाख ८९ हजार ८० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। यो माग भन्दा १४८।५६ गुणाभन्दा बढी आवेदन परेको हो ।
यो नै अन्तिम नतिजा भने होइन । अझै पनि कतिपय बैंकबाटै भौतिक रुपमा गरिएको आवेदनहरू भने थपिने छन्।
कम्पनीले भदौ ४ गतेदेखि आइपिओ निश्कासन गरेको थियो । आइतबारसम्म माग भन्दा १२६.२५ गुणाबढी आवेदन परेकोले छिटो मिति भदौ ८ गते अर्थात आज बन्द गर्ने निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । आइतबार साँझ ५ बजेसम्म ४ लाख ७९ हजार ४५४ वटा आवेदन मार्फत १ करोड एक लाख ८८ हजार ६७० कित्ता शेयरका लागि आवेदन परेको छ ।
गत भदौं ४ गतेबाट निश्कासन गरेको आइपिओ भर्ने अन्तिम मिति भोली अर्थात भदौ ८ गते रहेको छ । भोलीसम्म आवेदन दिने संख्या अझै बढ्ने भएकाले शेयर भाग्य हुनेले मात्र पाउने लगानीकर्ताले बताउँछन् ।
समाज लद्युवित्तले ८६ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको छ । प्रतिकित्ता १०० अंकित मूल्यका ८६ हजार कित्ता आइपिओ निष्काशन गरेको हो। यसमध्ये लघुवित्तले १ हजार कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी ८० हजार ७०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।
सरकारी शिक्षकले तलब मात्रै खाने,टोलटोलमा गएर वैकल्पिक उपाय अपनाएर पढाउनु पर्दैन जिम्मेवारी खोइ ? Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज
<
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस