Like us!
Follow us!
Connect us!
Watch us!

एनआरएन इन्फ्रास्टक्चरको आइपिओ तपाईको खातामा आयो कि छैन ?

निशा हुमाँगाई

मंगलबार, ०९ भदौ २०७७, १२ : ५४ मा प्रकाशित

एनआरएन इन्फ्रास्टक्चरको आइपिओ तपाईको खातामा आयो कि छैन ?

अर्थ संसार,  काठमाडौं - एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेडले निष्कासन गरेकाे साधारण शेयर (आइपिओ) शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । 

कम्पनीकाे आइपिओलाई ‘एनआरएन’ संकेत प्रदान गरिएको छ । हाल कम्पनीकाे उक्त आइपिओ नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ । 

 साउन २७ गते, मंगलबार बाँडफाँड गरिएकाे उक्त आइपिओमा ३ लाख २० हजार ६१४ जना आवेदकले गोला प्रथाबाट १० कित्ताको दरले हात पारेका थिए भने बाँकी ९७ हजार ३४४ जना आवेदकको हात खाली भएको थियाे । 

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरले ३३ लाख ५८ हजार ४६ कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ६५ हजार ५०२  कित्ता शेयर सामूहिक लगानी कोषको लागि, २ प्रतिशत अर्थात ६७ हजार ९६१ कित्ता शेयर कर्मचारीको लागि र बाँकी रहेको ३१ लाख ६० हजार १८३ कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेको हो ।

उक्त साधारण शेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानीमा क्यापिटलले गरेको थियाे ।

 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको