Like us!
Follow us!
Connect us!
Watch us!

अब अनलाइनबाटै युजरनेम र पासवर्ड लिन सकिने

निशा हुमाँगाई

बुधबार, १० भदौ २०७७, ०७ : २२ मा प्रकाशित

अब अनलाइनबाटै युजरनेम र पासवर्ड लिन सकिने

अर्थ संसार, काठमाडौं – अब लगानीकर्ताहरूले घरबाटै अनलाइनमार्फत युजरनेम तथा पासवर्ड लिन सक्ने भएका छन् । यसका साथै ग्राहक पहिचान विवरण (केवाइसी) पनि अनलाइनमार्फत नै अद्यावधिक गर्न सकिने भएकाे छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कारोना भाइरसकाे जाेखिमलाई दृष्टिगत गर्दै भाैतिक दूरी कायम राखी  दोस्रो बजारमा काराेबार गर्न अनलाइन काराेबारलाई प्राेत्साहन गर्दै यस्ताे व्यवस्था सञ्चालनमा ल्याएकाे हाे ।

त्यसैगरी, लगानीकर्ताले अनलाइन कारोबार गर्नका लागि युजरनेम र पासवर्ड लिने तथा ग्राहक पहिचान विवरण (केवाइसी) लाई अद्यावधिक गर्न सम्पूर्ण सदस्य दलालहरुको टिएमएस लिंकमा (https://newweb.nepalstock.com.np/brokers) अनलाइन रजिस्ट्रेसन सुविधा उपलब्ध गराइएको पनि नेप्सेले जानकारी दिएकाे छ ।

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको