Like us!
Follow us!
Connect us!
Watch us!

लिवर्टी इनर्जीको आइपिओ अर्काे हप्ता बाँडफाँड हुने

अर्थ संसार

विहीबार, ११ भदौ २०७७, ०० : ०० मा प्रकाशित

लिवर्टी इनर्जीको आइपिओ अर्काे हप्ता बाँडफाँड हुने

अर्थ संसार, काठमाडौं -लिवर्टी इनर्जी कम्पनी लिमिटेडले निश्काशन गरेको साधारण शेयर (आइपिओ) अर्काे हप्ता भित्र बाँडफाँड हुने भएको छ ।

'हामीले आइपिओ बाँडफाँडको मिति तोकिसक्नु पर्ने हो, तर बैंकबाट शेयर आवेदन दिएको फारम चेकजाँच गर्ने कार्य ढिलासुस्तीले अझै तोक्न सकिएको छैन् ।' निश्काशन तथा बिक्री प्रबन्ध एनआईबिएल एस क्यापिटलको एक कर्मचारीले अर्थ संसार डकमलाई भने -' शुक्रबारसम्म बैंकबाट आउने सवै डाटा आउनेछ, हामी अर्काे हप्ताभित्र बाँडफाँड गर्नेछौ ।'

कोरोना भाइरसका कारण  बैंकमा परेको शेयर फारम ठिक छ कि छैन ? खातामा पैसा छ कि छैन ? भनेर चेकजाँच गर्न बैंकमा कर्मचारी अभाव भएको कारण आइपिओ   बाँडफाँडमा ढिलो भएको क्यापिटलले जनाएको छ ।   

कम्पनीले भदौं ३ गतेदेखि ७ गतेसम्म प्रतिशेयर १०० अंकित मूल्यका कूल ३५ लाख ६४ हजार ९३० कित्ता आइपिओ निश्कासन गरेको थियो ।

आइपिओमा   १ लाख ८९ हजार बढी आवेदकबाट ७२ करोड ७६ लाख बढीको शेयरको लागि आवेदन दिएका थिए ।  

आइपिओ स्थानीयवासीलाई जारी गरिसकेको र सर्वसाधारणलाई निश्कासन गरी बाँडफाँड पछि पश्चात कम्पनीको चुक्ता पूँजी रु १ अर्व ५० करोड हुनेछ ।
 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको