Like us!
Follow us!
Connect us!
Watch us!

सुनसरी घटनालाई लिएर कांग्रेसको प्रश्न – प्रधानमन्त्री र गृहमन्त्री किन मौन ?

अर्थ संसार

विहीबार, १४ साउन २०८३, १३ : १३ मा प्रकाशित

सुनसरी घटनालाई लिएर कांग्रेसको प्रश्न – प्रधानमन्त्री र गृहमन्त्री किन मौन ?

नेपाली कांग्रेसले सुनसरीको कप्तानगञ्जमा भएको हिंसात्मक घटनालाई लिएर सरकारको कडा आलोचना गरेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेसकी प्रमुख सचेतक वासना थापाले उक्त घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने माग गरिन् । 

सम्बोधनका क्रममा प्रमुख सचेतक थापाले कप्तानगञ्जमा भएको घटनामा ओमप्रकाश गुप्ताको मृत्यु भएको र दर्जनौँ नागरिक घाइते भएको विषयमा सदनको ध्यानाकर्षण गराइन् । उनले शान्ति सुरक्षा कायम गर्न सरकार पूर्ण रूपमा असफल भएको आरोप लगाइन् ।सरकारको नेतृत्व र कार्यशैलीप्रति प्रश्न उठाउँदै उहाँले प्रधानमन्त्री र गृहमन्त्रीको मौनतामाथि कडा टिप्पणी गरिन् ।

‘यत्रो ठुलो घटना हुँदा, एक जना नागरिकको ज्यान जाँदा र दर्जनौँ घाइते हुँदा पनि सरकार लाचार बनेको छ,’ थापाले भनिन्, ‘यो घटनाको जवाफ सरकारले दिनुपर्छ र यसको पूर्ण जिम्मेवारी लिनुपर्छ । यति गम्भीर विषयमा प्रधानमन्त्री मौन हुनुहुन्छ । कुरा–कुरामा आँसु झार्ने गृहमन्त्री पनि आज मौन बस्नु आश्चर्यजनक छ । नेतृत्व भनेको केवल प्रशासन चलाउनका लागि मात्र होइन, नागरिकको जीउधनको रक्षाका लागि पनि हो,’ थापाले भनिन् । 

प्रमुख सचेतक थापाले घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन र पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरिन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको