अर्थ संसार, काठमाडौं– समाज लद्युवित्त वित्तीय संस्थाले निश्काशन गरेको अइपिओ आजै बाँडफाँड गर्ने तयारी भैरहेको निश्कासन तथा बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटल गरिरहेको छ ।
भोली अर्थात शनिबार बाँडफाँड गर्ने तयारी गरेपनि शनिबार कर्मचारी आउन समस्या हुने भएको भन्दै आजै नै बाँडफाँडमा जुटेको सिद्धार्थ क्यापिटलका एक कर्मचारीले अर्थ संसार डट कमलाई जानकारी दिए ।
नियामन निकाय धितोपत्र बोर्ड र सिडीएससीसँग छलफल गरेर केही समय पछि बाँडफाँडको मिति र समय तय हुने क्यापिटलले जनाएको छ ।
समाज लघुवित्तले भदौ ४ देखि भदौ ८ गेतसम्म ८६ लाख कित्ता शेयर बजारमा निश्काशन गरेको थियो । जसमा जस मध्ये ०.५ प्रतिशत अर्थात् १ हजार कित्ता कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ४३ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको थियो । बाँकि रहेको ८० हजार ७ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका छन् ।
आईपिओमा ५ लाख ६६ हजार ४७३ आवेदकले एक अर्ब २० करोड १५ लाख रुपैयाँ बराबरको एक करोड २० लाख १५ हजार ८२० कित्ताको लागि आवेदन दिएका छन् ।आइपिो बाँडफाँड गोलाप्रथाबाट हुनेछ ।
कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस