अर्थ संसार, काठमाडौं- रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले भदौं ४ गतेदेखि ८ गतेसम्म निश्काशन गरेको आइपिओ बाँडफाँड भएको छ ।
बिक्री प्रबन्धकको कार्यालय सानिमा क्यापिटलको कार्यालयमा शुक्रबार बाँडफाँड भएको हो ।
कम्पनीले कुल ६३ करोड रुपैंया बराबरको ६३ लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो । त्यस मध्ये सामुहिक लगानी कोषहरुका लागि ३ लाख १५ हजार कित्ता र कर्मचारीहरुका लागि पनि ३ लाख १५ हजार कित्ता शेयर छुट्याएर बाँकी रहेको ५६ लाख ७० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।
बिक्री प्रबन्ध सानिमा क्यापिटलका अनुसार आईपीओमा ५ लाख ८९ हजार ४६४ जनाबाट आबेदन परेकामा १ हजार ९५५ वटा आवेदनहरु रद्द भएका छ । बाँकी ५ लाख ८७ हजार ५०९ वटा योग्य आवेदन परेका छन् । माग भन्दा ३.५८ गुणा बढी आवेदन परेकाले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ ।
जसमा न्युनतम १० कित्ताका दरले बितरण गर्दा ५ लाख ६७ हजार जनाले मात्रै कम्पनीको शेयर पाएका हुन् । बाँकी २० हजार ५०९ जनाको भने खालि हात भए । आइपिको नतिजा मेरो शेयर मार्फत केहि घण्टाभित्र उपलव्ध गराउने क्यापिटलले जनाएको छ ।
कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस