अर्थ संसार, काठमाडौं– समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आइपिओ) बाँडफाँड कहिले हुन्छ ? आम लगानीकर्ताको चासोको विषय बनेको छ । दोस्रोब जारमा लद्युवित्तको शेयर भाउ राम्रो भएकाले लगानीकर्ताको यस कम्पनीको शेयर बाँडफाँडको खुलदुली बढ्को हो ।
समाज लघुवित्तको शुक्रबार प्रि अलोटमेण्ट सकिसकेको छ । सोमबार दिउँसो १२ बजेदेखि ३ बजेसम्म बाँडफाँड हुने गरी तयारी भैरहेको निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले अर्थ संसार डटकमले जानकारी दिएको छ ।
शेयर बाँडफाँड कार्यालय मै गरिने र त्यसको प्रत्यक्ष प्रसारण क्यापिटलको फेसबुक पेज मार्फत गरिने समेत बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ ।
संस्थाले भाद्र ४ गते बिहीबारबाट ८६ लाख रुपैयाँ बराबरको ८६ हजार कित्ता साधारण शेयर ९आइपिओ० निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।
जसमध्ये १ हजार कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४ हजार ३ सय कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी ८० हजार ७ सय कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।
कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस