Like us!
Follow us!
Connect us!
Watch us!

समाज लद्युवित्तको आइपिओ बाँडफाँड जारी

सोमबार, १५ भदौ २०७७, १४ : १२ मा प्रकाशित

समाज लद्युवित्तको आइपिओ बाँडफाँड जारी

अर्थ संसार, काठमाडौं – समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आइपिओ) अहिले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा भैरहेको छ । 

उक्त आइपिओकाे प्रि अलोटमेण्ट शुक्रबार नै सम्पन्न भएकाे थियाे । प्रि अलोटमेण्ट गरेकाे ३ दिन पश्चात बाँडफाँड गर्नुपर्ने प्रावधान रहेकाले आज (साेमबार) बाँडफाँड गर्न लागिएकाे हाे । 

यसैगरी, निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल ले गरेको प्रि अलोटमेण्टमा ८ हजार ७० जनाले १० कित्ताको दरले शेयर पाएका छन् । मागभन्दा बढी आवेदन परेकाले उनीहरूलाई गोलाप्रथाद्वारा शेयर बाँडफाँड गरिएको हो। निष्कासनमा योग्य आवेदक ५ लाख ४७ हजार ३ सय ७० जना रहेका थिए । 

संस्थाले  भाद्र ४ गते बिहीबारबाट ८६ लाख रुपैयाँ बराबरको ८६ हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये १ हजार कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४ हजार ३ सय कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी ८० हजार ७ सय कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएकाे थियाे ।

कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको