अर्थ संसार, काठमाडौं– गत हप्तादेखि शेयर बजारमा नेपाल पुनर्बीमा कम्पनीको शेयर लगानीकर्ताको रोजाइमा पर्दै आएको छ । नेप्सेमा यो पुनर्बीमा कम्पनीको शेयर मूल्य बढ्ने क्रम जारी छ । यो कम्पनीको शेयर किन्ने लगानीकर्ताको चाप पनि दिनप्रतिदिन बढ्दै गएको छ ।
नेपाल पुनर्बीमाको सोमबारको चार्ट
सोमबार मात्रै नेप्सेमा ३ लाख ४६ लाख ६७५ कित्ता शेयर खरिद विक्री हुँदा २८ करोड ७४ लाख ५७ हजार २२८ रुपैयाँको कारोबार भएको छ । सवै भन्दा खरिदबिक्रीमा यो कम्पनी पहिलो नम्वर छ । सोमबार मात्रै प्रतिकित्ता ७७ रुपैयाँले बढेर ८४७ रुपैयाँ यसको शेयर मूल्य पुगेको छ । यो अझै बढ्ने लगानीकर्ताहरु बताउँछन् ।
नेपाल पुनर्बीमाको एक हप्ताको चार्ट
पुनर्बीमा जस्तै नेप्सेमा नेको इस्योरेन्स कम्पनी लिमिटेड,नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, शिभम् सिमेन्ट लिमिटेड, हिमालयन डिष्टिलरी लिमिटेड, सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, एनआइसी एशिया बैंक लिमिटेड, एनएमबी बैक लिमिटेड,नेपाल इनस्योरेन्स कम्पनी लिमिटेड, कुमारी बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड र अरुण काबेली पावर लिमिटेड कम्पनी लगानीकर्ताको रोजाइमा पर्दै आइरहेका छन् ।
लगानीकर्ताको रोजाइका कम्पनी र कारोबार रकम र कित्ता शेयर
कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस