अर्थ संसार, काठमाडौं– हिजोआज शेयर बजारप्रति लगानीकर्ताको आकर्षण ह्वात्तै बढेको छ । कति खेर ११ बज्ला र नेप्सेको साइट खोल्न हतारमा लगानीकर्ता हुन्छन् । मंगलबार पनि त्यस्तै भयो ।
लगानीकर्ता ११ बज्नसाथ नेप्सेको साइट खोले । साइट खुल्ला भएको देखायो । लगानीकर्ता शेयर किनबेचको लागि ब्रोकर तिर फोन घुमाउन थाले । तर, ब्रोकरले आज त शेयर बन्द होइनर भनेपछि लगानीकर्ता फेरी नेप्सेको साइट हेरे र पनि मार्केट ओपन देखाउँछ ।
त्यसपछि लगानीकर्ताले फेरी राम्ररी हेर्दा पनि मार्केट ओपन देखायो । त्यसपछि पुन ः हेर्दा नेप्सेको सूचक र कारोबार रकम त सोमबार छ । त्यसपछि बल्ल थाहा पाए लगानीकर्ताले नेप्सको साइटको बिग्रेको रइछ । करिव १० देखि १५ नेप्सेको मार्केट ओपन भएको हरियो रंङ्गको कलर देखाइरहेको थियो ।
नेप्सेको सप्ट्यवरले लगानीकर्ता बारम्बार झुकिएका यो पहिलो पटक भने होइन, बारम्बार यस्तो भैरहन्छ । आइतबार पनि अनलाइन प्रणालीको टिएमएस समस्या देखा पर्दा लगानीकर्ताले दुख पाएका थिए ।
कारोबार विचैमा रोकिएपछि शेयर बजार बेलुका ५ः१५ बजेसम्म खुलेको थियो । मंगलबार इन्द्रजात्रा पर्व परेकोले शेयर बजार बन्द बन्द भएको नेप्सेले जनाएको छ । अहिले पनि नेप्सेको साइटमा खोल्दा बजार बन्द भएको देखाउँछ ।
कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस