Like us!
Follow us!
Connect us!
Watch us!

सुन तस्करसँग निगमका पाइलटको नेक्सस, ९३ हजार डलर सहित मातिए पाइलट अवाले

सोमबार, २८ चैत्र २०७३, १५ : ४२ मा प्रकाशित

सुन तस्करसँग निगमका पाइलटको नेक्सस, ९३ हजार डलर सहित मातिए पाइलट अवाले


अर्थ संसार 
काठमाडौँ– मुलुकको एकमात्र राष्ट्रिय ध्वजाबहाक विमान नेपाल एयरलाइन्सका उच्च अधिकारी र पाइलटसँग सुन तस्करको गतिलै साँठ गाँठ रहेको हुन सक्ने देखिएको छ ।

नेपाल एयरलाइन्सका क्याप्टेन सुवर्ण अवाले ९३ हजार अमेरिकी डलरसहित पक्राउ परेपछि नेपाल प्रहरीका उच्च अधिकारीले सो आशंका गरेका हुन् ।  

आइतबार राति काठमाडौंबाट दुबइको उडानका लागि विमानस्थल प्रवेश गर्दै गर्दा अवालेलाई पक्राउ गरिएको हो । उनलाई राति साढे दुई बजे गौशाला प्रहरी वृत्तमा ल्याइएको छ । प्रहरीले प्रारम्भिक रुपमा दिएको जानकारीअनुसार पाइलट अवाले र सुन तस्करहरुबीच गतिलै साँठगाँठ रहेको हुन सक्ने देखिएको छ ।

उनले लैजान लागेको रकम कसको र कुन प्रयोजनका बारेमा भन्ने बारेमा अनुसन्धान गरिने प्रहरीले जनाएको छ । प्रहरीले सुन तस्करको पैसा बोकेर पाइलट अवाले त्यसतर्फ उडेन लागेको हुन सक्ने प्रारम्भिक प्रतिक्रिया दिउको छ । तर छानबिन पछि मात्रै थप प्रष्ट हुने प्रहरीको भनाइ छ ।

नेपालमा दुबईबाट अवैधानिक रुपले सुन आयात गरिने हुँदा सुन तस्करको रकम हुन सक्ने अनुमान गरिएको स्रोतले जानकारी दिएको छ ।

अवाले पक्राउ परेपछि महेशमान डंगोललाई क्याप्टेन बनाएर निगमले दुबइ पठाएको  छ ।
महानगरीय प्रहरी आयुक्त बमबहादुर भण्डारीका अनुसार अवालेले राति साढे ११ बजे ९३ हजार ६ सय अमेरिकी डलर बोकेर विमानस्थल प्रवेश गरेका थिए । उनले सुटकेशमा मिलाएर उक्त रकम राखेका थिए । 
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको