अर्थ संसार, काठमाडौं - युनिभर्सल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा कम्पनीले आकर्षक मुनाफा आर्जन गरेकाे छ ।
चाैथाे त्रैमाससम्ममा कम्पनीले ५ करोड ७१ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे तुलनामा ९८.०२प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिसम्ममा कम्पनीले २ करोड ८८ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।
यसैगरी, कम्पनीले हालसम्म बिजुली उत्पादन गर्न भने सकेकाे छैन । निर्माण कार्य सम्पन्न गर्न ढिला भएका कारण बिजुली उत्पादन हुन नसकेकाे हाे ।
त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ, जगेडा कोषमा १० करोड १४ लाख रूपैयाँ, प्रतिशेयर आम्दानी २ रुपैयाँ ७२ पैसा र प्रतिशेयर नेटवर्थ १०४ रुपैयाँ ८३ पैसा रहेकाे छ । 
कम्पनीले सार्वजनिक गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस