अर्थ संसार, काठमाडौं, काठमाडौँ - सरकारले जग्गा जमीनको कित्ताकाट माथि लगाएको प्रतिबन्ध हटाएको छ । भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभाग तथा नापी विभागलाई पत्राचार गर्दै जग्गा कित्ताकाटमा प्रतिबन्ध लगाउने निर्णय खुलाउने निर्णय गरेको हो ।
२०७४ सालदेखि कृषियोग्य जग्गाको कित्ताकाट बन्द रहेको थियो । मन्त्रालयले भू-उपयोग ऐन २०७६ र प्रचलित कानून अनुसार गर्ने गराउने भन्दै विगतमा जारी भएका सबै निर्णय खारेज गरेको हो। यो निर्णयसँगै देशभर रहेका जग्गाको कित्ताकाट गर्न पाइने छ।
यद्यपी ऐन नियम तथा नियमावलीले निषेध गरेका जग्गा भने कित्ताकाट गर्न पाइने छैन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा कित्ताकाटमा लागेको प्रतिबन्ध हटाउन सुझाव दिएपछि मन्त्रालयले खुलाएको हो ।
कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस