Like us!
Follow us!
Connect us!
Watch us!

राजश्व संकलन गर्न ३ दिन बैंकका सम्पूर्ण शाखा खोल्न राष्ट्र बैंकको निर्देशन

सोमबार, २२ भदौ २०७७, १८ : ५२ मा प्रकाशित

राजश्व संकलन गर्न ३ दिन बैंकका सम्पूर्ण शाखा खोल्न राष्ट्र बैंकको निर्देशन

अर्थ संसार, काठमाडौं - नेपाल राष्ट्र बैंकले आगामी ३ दिन बैंक तथा वित्तीय संस्थाहरु खुला गर्न निर्देशन दिएको छ । नेपाल सरकारको राजस्व बुझ्ने प्रयोजनको लागि भदौ २३, २४ र २५ गते सबै बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन गर्ने काउण्टरहरु खुल्ला गर्न निर्देशन दिएको हो ।


नेपाल राष्ट्रबैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सोमबार एक परिपत्र जारी गर्दै  क, ख र ग वर्गका वित्तीय संस्थाहरुलाई निषेधाज्ञाकै अवस्था भए पनि सबै राजश्व संकलन गर्ने शाखा तथा काउण्टरहरु एवम् बैंकका क्लियरिङ सम्बन्धी कार्य गर्ने सबै काउण्टरहरु र नेपाल क्लियरिङ हाउस खुल्ला गर्न भनेको हो । 

राष्ट्र बैंकले जारी गरेको परिपत्र हेर्नुहोस्:-

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको