अर्थ संसार, काठमाडौं– शिवम् सिमेन्ट लिमिटेड ऋण मुक्त भएको छ । शिवमले सिमेन्ट कारखाना स्थापना गर्न लिएको सबै कर्जा चुक्ता गरेको छ ।
कारखान स्थापना गर्दा कम्पनीले नेपाल बैंकको अगुवाइमा नबिल बैंक, नेपाल एसबिआइ बैंक, नेपाल इन्भेस्टमेन्ट बैंकबाट ७ अर्ब रुपैयाँ ऋण लिएको थियो। सञ्चानमा आएको ७ वर्षको अवधिमा सबै ऋण चुक्ता गरेको कम्पनीले जनाएको छ ।
शिवमको लगानी चिनियाँ कम्पनी होङसी शिवम् सिमेन्ट पनि छ । होङसी मा शिवमको ३० प्रतिशत लगानी छ । होङसीले ऋण चुक्ता गरेपछि शिवमको आम्दानी बढ्ने र सेयरधनीले बढी प्रतिफल पाउने छन ।
गत आर्थिक वर्षमा शिवमले १ अर्ब ५ करोड ८४ लाख रुपैयाँ खुद नाफा गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा ४५ करोड ६२ लाख रुपैयाँ कम हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले १ अर्ब ५१ करोड ४६ लाख रुपैयाँ खुद नाफा गरेको थियो।
कम्पनीको चुक्तापुँजी ४ अर्ब ४० करोड रुपैयाँ छ । दोस्रो बजारमा सेयर मूल्य ७४४ रुपैयाँ छ । यस्तै बजार पूँजीकरण बढेर ३२ अर्ब ७३ करोड ६० लाख रुपैयाँ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस