Like us!
Follow us!
Connect us!
Watch us!

४ अर्ब चुक्ता पूँजी रहेकाे शिवम् सिमेन्ट्सकाे कति छ प्रतिशेयर आम्दानी ?

निशा हुमाँगाई

बुधबार, ३१ बैशाख २०७७, १० : ०४ मा प्रकाशित

४ अर्ब चुक्ता पूँजी रहेकाे शिवम् सिमेन्ट्सकाे कति छ प्रतिशेयर आम्दानी ?

अर्थ संसार, काठमाडौं – शिवम् सिमेन्ट्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा कम्पनीकाे नाफा घटेकाे छ ।

यस आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ७९ करोड २४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा २५.१६ प्रतिशतले थाेरै हाे । गत वर्षकाे यसै अवधि सम्ममा कम्पनीले १ अर्ब ५ करोड ८९ लाख  रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

त्यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले बिक्रीबापत ७ अर्ब ८ करोड ४० लाख रुपैयाँ मात्र आम्दानी गर्न सफल भएको छ । गत वर्षकाे चैत्र मसान्तसम्ममा कम्पनीले बिक्रीबापत ८ अर्ब ३७ करोड ६१ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

यस्तै, कम्पनीकाे प्रतिशेयर आम्दानी २४ रुपैयाँ ०१ पैसा, प्रतिशेयर नेटवर्थ १९७ रुपैयाँ २८ पैसा, चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँ र जगेडा कोषमा ३ अर्ब ३४ करोड रूपैयाँ रहेको छ ।  

कम्पनी​​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

5ebb75b8e83db.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको