Like us!
Follow us!
Connect us!
Watch us!

पछिल्लो २४ घण्टामा थप १२०१ जनामा कोरोना संक्रमण पुष्टि

अर्थसंसार

शनिबार, २७ भदौ २०७७, १२ : ०७ मा प्रकाशित

पछिल्लो २४ घण्टामा थप १२०१ जनामा कोरोना संक्रमण पुष्टि

अर्थ संसार, काठमाडौं– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १७१सहित देशभर थप १ हजार २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ४१६ जना महिला र ७८५ जना पुरुष रहका छन् । आज  योसँगै कुल संक्रमितको संख्या ५३ हजार १२० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


स्वाथ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० हजार १७६ जनाको पिसिआर परिक्षण गरिएकोमा १ हजार २०१ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।  

हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २६० रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार १०७ रहेका छन् भने होम आइसोलेशनमा ६ हजार १५३ जना रहेका छन्  । यस्तै क्वारेन्टाइनमा ६ हजार ३५४ जना छन् । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८५२ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ३७ हजार ५२४ पुगेको छ । 


आज कोरोनाबाट थप १४ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३३६ पुगेको मन्त्रालयले जनाएको छ। 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको