Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४५ पुग्यो !

अर्थसंसार

आइतबार, २८ भदौ २०७७, १७ : ०५ मा प्रकाशित

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४५ पुग्यो !

अर्थ संसार, काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । मृतकमध्ये ३ महिला र ६ पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४५ पुगेको छ ।

काठमाडौंकी ६५ वर्षीया २ महिला र कास्कीकी ४५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यस्तै काठमाडौंका वर्ष ५९, वर्ष ७०, वर्ष ६४ र वर्ष ५९ का ४ पुरुष पनि कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङका ६९ वर्षीय र ५९ वर्षीय पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको छ ।

यसैगरि पछिल्लो २४ घण्टामा देशभर १ हजार ३९ जना संक्रमित थपिँदा १ हजार १७३ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । हालसम्म देशभर ५४ हजार १५९  जनामा कोरोना संक्रमण हुँदा ७१.४ प्रतिशत अर्थात् ३८ हजार ६९७  जना संक्रमित कोरोनामुक्त भएर घर फर्किसकेका छन् ।
 
हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ११७ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ७ हजार ७३० रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ३८७ जना रहेका छन्  । यस्तै क्वारेन्टाइनमा ६ हजार ५३६ जना छन् । 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको