नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको 'बीमा प्रतिबिम्ब' अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को वैशाख मसान्तसम्म (१० महिनामा) कुल १४९ वटा उजुरी दर्ता भएका छन् । जसमध्ये केन्द्रीय कार्यालयमा १०४ वटा र प्रदेश कार्यालयमा ४५ वटा मुद्दा परेका हुन्।
गत आर्थिक वर्षका बाँकी रहेका ३९४ उजुरीको अझै फैसला हुन नसकेकाले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको समीक्षा अवधिसम्मको गरेर बीमा प्राधिकरणमा कुल ५४३ वटा मुद्दा परेका छन्। गत आर्थिक वर्षको सोही अवधिमा केन्द्रीय कार्यालयमा १४४ वटा र प्रदेश कार्यालयमा ९१ वटा गरी २३५ वटा मुद्दा दर्ता भएका थिए भने अघिल्लो आर्थिक वर्षको २८७ र पुनरावेदनबाट आएका ३ मुद्दा गरी गत आर्थिक वर्षको १० महिनासम्मको अवधिमा ५२५ वटा मुद्दा दर्ता भएका थिए।
उजुरी फछ्र्यौट तर्फ बीमा प्राधिकरणले वैशाख मसान्तसम्मको अवधिमा ११७ वटा मुद्दामा फैसला सुनाएको छ भने ४० वटा मुद्दामा सहमति गराई कुल १५७ वटा उजुरी फछ्र्यौट गरेको छ। प्राधिकरणले गत आर्थिक वर्षको सोही अवधिमा ८५ वटा उजुरी फैसला र ४६ वटा मुद्दामा सहमति गरी १३१ वटा मुद्दा फछ्र्यौट गराएको थियो।
चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको तथ्यांक अनुसार कुल ३८६ वटा उजुरीहरू अझै विचाराधीन अवस्थामै रहेका छन्, जबकि गत आर्थिक वर्षको सोही अवधिमा ३९४ वटा मुद्दाहरू फछ्र्यौट हुन बाँकी रहेका थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस