नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एपोलो हाइड्रोपावर लिमिटेडको सेयर सूचीकृत भएको छ । सोमबार कम्पनीको ४७ लाख कित्ता सेयर सूचीकृत भएको हो ।
कम्पनीले सर्वसाधारणमा जारी गरेको १४ लाख १० हजार कित्ता र संस्थापकहरुले लगानी गरेको ३२ लाख ९० हजार कित्ता गरी कुल ४७ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ ।
सोही रेञ्जका आधारमा कम्पनीको पहिलो कारोबार हुनेछ । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस