नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठ ले सरकारले ल्याएको बजेट लगानी तथा पुँजी बजारमैत्री रहेको बताएका छन् । बजेटमाथि प्रतिक्रिया दिँदै अध्यक्ष श्रेष्ठले उधारो असुलीसम्बन्धी कानुन निर्माणको पहल, लगानी आकर्षित गर्ने नीतिगत व्यवस्था तथा औद्योगिक क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम सकारात्मक रहेको बताएका हुन् ।
अन्तर निकाय समन्वयको अभावका कारण व्यवसाय सञ्चालनमा समस्या देखिने गरेको उल्लेख गर्दै उनले त्यसतर्फ सरकारको ध्यान जान आवश्यक रहेको बताए । उनका अनुसार लाभकरलाई अन्तिम करका रूपमा मान्यता दिने व्यवस्था, नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना तथा डेरिभेटिभ बजार सञ्चालन गर्ने सरकारी प्रतिबद्धताले पुँजी बजारको विकासमा टेवा पुग्नेछ ।
यी व्यवस्थाले लगानीकर्ताको विश्वास बढाउनुका साथै समग्र सेयर बजारलाई सकारात्मक लाभ पुग्ने अध्यक्ष श्रेष्ठको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस