Like us!
Follow us!
Connect us!
Watch us!

तीन लद्युवित्त कम्पनीले आइपिओ निष्काशन गर्ने, कुनको कति कित्ता ?

अर्थ संसार

सोमबार, २९ भदौ २०७७, ०७ : ४६ मा प्रकाशित

तीन लद्युवित्त कम्पनीले आइपिओ निष्काशन गर्ने, कुनको  कति कित्ता ?

अर्थ संसार, काठमाडौँ - शेयर बजारमा सर्वसाधारणको प्राथामिक शेयर (आइपिओ ) निष्काशन गर्ने कम्पनीको पाइपलाइनमा तीन वटा लद्युवित्त कम्पनी थपिने भएको छ ।  

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेड साधारण शेयर (आइपिओ) निष्कासन गर्ने तयारीमा जुटेका हुन् ।

कुन कम्पनीको कति कित्ता ?

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड रुपैयाँ बराबरको प्रति शेयर एक सय रूपैयाँ अंकित मूल्य दरका ३ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गर्न लागेको हो । संस्थाले आइपिओ निष्कासन तथा बिक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

यसैगरी, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले एक करोड २६ लाख रूपैयाँ बराबरको प्रति शेयर एक सय रूपैयाँ अंकित मूल्य दरका १ लाख २६ हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गर्न लागेको हो । संस्थाको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा पनि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड नियुक्त भइसकेको छ ।

त्यसैगरी, महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चार करोड रूपैयाँ बराबरको प्रति शेयर एक सय रूपैयाँ अंकित मूल्य दरका ४ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गर्न लागेको हो । संस्थाले पनि आइपिओ निष्कासन तथा बिक्रीको जिम्मा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई दिएको छ ।

आइपिओ जारी कहिले ? 

त्यस्तै, यी तीनै वटा संस्थाहरूले हालसम्म नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा भने निवेदन दिएका छैनन् । सेबोनमा निवेदन दिएर त्यहाँबाट अनुमति पाए पश्चात आइपिओ निष्कासनको प्रकृया अघि बढ्नेछ ।

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको