Like us!
Follow us!
Connect us!
Watch us!

भदौ ३१ गतेदेखि माउन्टेन इनर्जीका आइपिओ

अर्थसंसार

सोमबार, २९ भदौ २०७७, ०८ : १२ मा प्रकाशित

भदौ ३१ गतेदेखि माउन्टेन इनर्जीका आइपिओ

अर्थ संसार, काठमाडौं - माउन्टेन इनर्जी नेपाल लिमिटेडले उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुको निमित्त स्थगित साधारण शेयरको सार्वजनिक निष्काशन तथा विक्री खुल्ला गरेको छ ।

कम्पनीले प्रति शेयर १०० रूपैयाँ अंकित दरकाे १९ लाख ६८ हजार ०२७ कित्ता साधारण शेयर कित्ता निष्कासन गरेकाे हाे ।

उद्योग अति प्रभावित क्षेत्र नुवाकोटको पन्चकन्या गाउँपालिका वडा नम्बर ४ (साविकको थप्रेक गाविस) र तादी गाउँपालिका वडा नम्बर २, ३, ४ (रालुकादेवी र सुन्दरादेवी गाविस) र म्याग्दी जिल्लाको अति प्रभावित अन्नपुर्ण गाउँपालिका (साविकको नारच्याङ्ग गाविस) साथै सो क्षेत्रमा बसोबास गर्ने स्थायी बसोबास नेपाली नागरिकहरुका निमित्त सो शेयर निष्कासन गरेकाे हाे ।

२०७७ साउन ८ गते बिहिबारदेखि निष्काशन तथा विक्री खुल्ला गरिने भनिएकोमा देशका अधिकांस स्थानहरुमा बाढीपहिरोको भयावह अवस्था सिर्जना भएकोले प्रभावित क्षेत्रमा गैर सेवा प्रदान गर्न नसकिएकोले स्थगित भएको थियो ।

उक्त मितिमा निष्काशन हुन नसकेको साधारण शेयरहरु भदौ ३१ गते बुधबारदेखि निष्काशन तथा खुल्ला हुने माउन्टेन इनर्जी नेपालले जनाएको छ । शेयर खरिदकर्ताले न्युनतम १० कित्ता देखि अधिकतम २० हजार कित्तासम्म दरखास्त दिन पाउनेछन् ।

कम्पनीकाे साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड र सि.वि.आई.एल क्यापिटल लिमिटेडले गर्नेछ ।

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको