Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा बिहीबार र आइतबार यि ५ कारणले ठूलो चलखेल भएको सम्भावना !

सोमबार, २९ भदौ २०७७, ०८ : ३५ मा प्रकाशित

नेप्सेमा बिहीबार र आइतबार  यि ५ कारणले ठूलो चलखेल भएको सम्भावना !

बिष्णुप्रसाद बस्याल, शेयर बजार बिश्लेषक

बिहीबार र आइतबार को बजारमा जानी जानी चलखेल भएको संभावना हुन सक्ने निम्न उल्लेखित बुँदाहरु ट आशंका गर्न सकिन्छ।

नम्बर १: नेप्से ले औपचारिक रुपमा नै ट्रेडिङ हाल्ट भएको भनेर सूचना प्रकाशित गरी सकेको अवस्थामा पनि सीमित ब्रोकर मार्फत ट्रेडिङ हुनु। बिहीबारको ट्रेडिंगमा यस्तो भएको प्रमाणित गरेर देखाई सके पछि पुनः त्यही प्रक्रिया आइतबार पनि दोहोरीनु।

नम्बर २: ट्रेडिंग halt भएर फेरि सुचारु हुने समय फेरि उही हुनु। के दुवै दिन ११:१५ मा ट्रेडिङ halt हुनु र २:१५ मा नै ट्रेडिङ सुचारु हुनु मात्र संयोग हो वा फेरि t+३ मा किनिएको सेयरको delivery ensure गर्न समय २:१५ राखिएको हो?

नम्बर ३: ट्रेडिङ halt भएर पुनः सुचारु हुँदा मार्केट depth मा सम्पूर्ण selling अर्डर cancell हुनु तर buying अर्डर यथावत रहनु। के यसो गरेर बजारलाई बुलिश छ भनेर देखाउन खोजिएको हो? यदि त्यो नियत होइन भने कित buying र selling अर्डर दुवै cancell हुनु पर्थ्यो वा दुवै अर्डर cancell न हुनु पर्ने हो।

नम्बर ४: ट्रेडिंग पुनः सुचारु हुनु भन्दा केही मिनेट आगाडि मात्र सूचना प्रकाशित गर्नु। कमसे कम १५ मिनेट आगाडि सूचना प्रकाशित न गरी लामो समयदेखि halt भएको ट्रेडिंग सुचारु गर्नु भनेको केही सीमित व्यक्ति वा संस्थालाई फाईदा पुर्याउनु हो भनेर संका गर्ने यथेष्ट आधार छ।

नम्बर ५: TMS system बाट जुन सुकै लगानीकर्ता ले (विशेषतः आईटी को सामान्य एक्सपर्ट ले) पनि अरु कुनै लगानीकर्ताको तीन पुस्ते विवरण सहित अरु विवरण समेत हेर्न सक्नु। यो त माथि उल्लेखित अपराध भन्दा पनि सबै भन्दा उच्च श्रेणीको अपराध हो।

माथि उल्लेखित बुँदाका आधारमा मैले कुनै पनि संस्था को integrity माथि प्रश्न गर्न खोजेको होइन न त मेरो उदेश्य कुनै संस्था माथि व्यक्तिगत आरोप हुन। मेरो एउटा विनमरतापूर्वक अनुरोध मात्र हो कि यदि कतै जानीबुझी कसैले चलखेल गर्ने प्रयास गरेको छ भने सम्बन्धित व्यक्ति माथि कारवाही गरी सम्पूर्ण बजारलाई प्रकिर्तिक रूपमा चल्न दिइयोस्।

यदि यसरी नै मूक दर्शक भएर बस्ने हो भने यो बाजार मा कुनै दिन ठूलो दुर्घटना हुन सक्ने सजिलै अनुमान गर्न सकिन्छ। यदि समय रहँदै उचित कारवाही गरिएन भने धेरै अबेर हुनेछ।

मेरो पुनः विनम्र अनुरोध छ सम्बन्धित निकायले समय रहँदै उचीत अनुसन्धान र कारवाही गरोस। फेसबुकबाट सहयोग

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको