Like us!
Follow us!
Connect us!
Watch us!

सपोर्ट लघुवित्तले बोनस शेयर हितग्राही खातामा पठायो

अर्थसंसार

सोमबार, २९ भदौ २०७७, ०७ : ०२ मा प्रकाशित

सपोर्ट लघुवित्तले बोनस शेयर हितग्राही खातामा पठायो

अर्थ संसार, काठमाडौं– सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर लगानीकर्ताको हितग्राही खातामा जम्मा गरिदिएको छ । कम्पनीको १० प्रतिशत शेयर नेपाल स्टक एक्सचेञ्ज र सीडीएस एण्ड क्लिएरिङ्ग लिमिटेडमा सूचीकृत भइसकेको छ । 

कम्पनीले २०७६ पुस १३ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको बोनस शेयर हितग्राही खातामै जम्मा गरेको हो ।

सो मिति पश्चात सेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा क्रमसः शेयरधनीको सम्बन्धित हितग्राही खातामा उक्त बोनस शेयर जम्मा हुने व्यवस्था गरिएको हुँदा हालसम्म शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुले पनि शेयर अभौतिकीकरण गराई आफ्नो बोनस शेयर हितग्राही खातामा प्राप्त गर्न सकिने लघुवित्तले जनाएको छ । 
यसको लागि कम्पनीले सेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ । 

कम्पनीले जारी गरेको सूचना हेर्नुहोस्:-

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको