Like us!
Follow us!
Connect us!
Watch us!

विवादास्पद कम्पनी ओम्नी एक वर्षका लागि कालोसूचीमा

अर्थसंसार

सोमबार, २९ भदौ २०७७, १३ : १९ मा प्रकाशित

विवादास्पद कम्पनी ओम्नी एक वर्षका लागि कालोसूचीमा

अर्थ संसार, काठमाडौँ - विवादास्पद कम्पनी ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनल (ओबीसीआई) कालो सूचीमा परेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले स्वास्थ्य सेवा विभागको सिफारिसमा (आज) सोमबार सूचना जारी गर्दै ओम्नीलाई एक वर्षको लागि कालोसूचीमा राख्ने निर्णय गरेको जानकारी दिएको हो ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा १ बमोजिम सूचना प्रकाशन भएको दिन अर्थात् आज देखि लागु हुनेगरी १ वर्षको लागि कालोसूचीमा राखेको हो । 

ओम्नीले स्वास्थ्य सेवा विभागबाट कोरोना रोकथामको लागि प्रयोग हुने स्वास्थ्य सामग्री ल्याउने ठेक्का पाएको थियो । सम्झौताका सर्तअनुसार समयमै स्वास्थ्य सामग्री नल्याएपछि विभागले चैतमै ओम्नीलाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो ।

यस्तै आठराई त्रिवेणी गाउँपालिका, गाउँ कार्यपालिका कार्यालय, ताप्लेजुङको सिफारिसमा अरुण कन्स्ट्रक्सनलाई पनि एक वर्ष कालोसूचीमा राखिएको छ ।

त्यसैगरी संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन दाङको सिफारिसमा वी.टी निर्माण सेवा, टौदह कन्स्ट्रक्सन र फस्कु निर्माण सेवालाई २ वर्ष कालोसूचीमा राखिएको छ ।

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको