Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार देशभर थप ११७० जनामा कोरोना संक्रमण पुष्टि, कति डिस्चार्ज भए ?

अर्थसंसार

सोमबार, २९ भदौ २०७७, १६ : २६ मा प्रकाशित

सोमबार देशभर थप ११७० जनामा कोरोना संक्रमण पुष्टि, कति डिस्चार्ज भए ?

अर्थ संसार, काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर थप १ हजार १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज योसँगै कुल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

स्वाथ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ८७८ जनाको पिसिआर परिक्षण गरिएकोमा १ हजार १७० जनाको रिपोर्ट पोजेटिभ आएको हो ।  

हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ३९३ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ११८ रहेका छन् भने होम आइसोलेशनमा ७ हजार २७५ जना रहेका छन्  । 
यस्तै क्वारेन्टाइनमा ६ हजार ८९२ जना छन् । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८७९ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ३९ हजार ५७६  पुगेको छ । 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको