Like us!
Follow us!
Connect us!
Watch us!

लिवर्टी इनर्जीको आइपिओे शेयरधनीको डिम्याट खातामा, कारोबार कहिलेदेखि ?

अर्थ संसार

विहीबार, ०१ असोज २०७७, १२ : ५५ मा प्रकाशित

लिवर्टी इनर्जीको आइपिओे शेयरधनीको डिम्याट खातामा, कारोबार कहिलेदेखि ?

अर्थ संसार, काठमाडौं–  लिवर्टी इनर्जी कम्पनी लिमिटेडले भाद्र ३ गते बुधबारबाट निष्कासन गरेको साधारण शेयर (आइपिओ) शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीले हिजो (बुधबार) बाट उक्त शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा गराउन थालेको हो ।

कम्पनीको आइपिओलाई शेयर कारोबार गर्नका एलइसी  (LEC) संकेत प्रदान गरिएको छ । हाल कम्पनीको उक्त आइपिओ नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ । नेप्सेमा सुचिकृत भएपछि लगानीकर्ताले उक्त शेयर कारोबार गर्न सक्नेछन्  । नेप्सेमा सूचीकरणका लागि सम्झौता भइसकेको बताउँदै शुक्रबार सूचीकरण हुने कम्पनीको शेयर रजिष्ट्रार प्रभु क्यापिटलले जानकारी दिएको छ ।आइतबारदेखि दोस्रो बजारमा कारोबार शुरु हुनेछ । 

कम्पनीले भाद्र ३ गतेदेखि जारी पूँजीको २५ प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका कूल ३५ लाख ६४ हजार ९३० कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको थियो । कम्पनीको आइपिओमा आवेदन दिने सबै लगानीकर्ताले शेयर पाएका थिए। जसमध्ये, १० देखि ३० कित्तासम्मका लागि आवेदन दिनेले माग अनुसार नै र ३० कित्ताभन्दा माथि आवेदन दिने २५ हजार ६ सय २० जनाले ४० कित्ता पाएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको