Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारले आकाश चुम्दै !

अर्थसंसार

विहीबार, ०१ असोज २०७७, १५ : ०४ मा प्रकाशित

शेयर बजारले  आकाश  चुम्दै  !

अर्थ संसार, काठमाडौं– आज (बिहिबार) धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेले उकालो यात्रा तय गरेको छ । 

हिजो (बुधबार) सामान्य अंकले बढेर उकालो यात्रा तय गरेको नेप्से परिसूचक आज ३०.७८ अंकले बढेर १ हजार ५७२.१८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ७.०२ अंकले बढेर ३१२.५० मा पुगेको छ ।

कूल १९१ वटा कम्पनीकाे १ कराेड १८ लाख ३ सय ४ कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब ३६ करोड १९ लाख ५६  हजार ७०७ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

बुधबार १ अर्ब ८० करोड ५८ लाख १२ हजार १५ रुपैयाँको कारोबार भएको थियो ।
स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ११ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी १ वटा उपसमूहकाे शेयर भने घटेकाे छ ।

हेरौं आजकाे शेयर तालिका :

5f632e5264661.JPG 5f632e5862c2b.JPG 5f632e81251a6.JPG 5f632e88cbd23.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको