Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल माइक्रोफाइनान्सको शेयर आजबाट बिक्रीका लागि खुल्ला !

अर्थसंसार

शुक्रबार, ०२ असोज २०७७, १० : ३९ मा प्रकाशित

नेशनल माइक्रोफाइनान्सको  शेयर आजबाट बिक्रीका लागि खुल्ला !

अर्थ संसार, काठमाडौँ - नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक समूहकाे शेयर आज (आश्विन २ गते, शुक्रबार) बाट बिक्रीको लागि खुल्ला गरेको छ । 

संस्थाले १ लाख १० हजार कित्ता शेयर प्रति कित्ता न्यूनतम मूल्य ७ सय २५ रूपैयाँमा बिक्री गर्न लागेकाे हाे ।

उक्त शेयरहरू खरिद गर्न इच्छुक संस्थापक वा व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले आज (आश्विन २ गते, शुक्रबार) बाट कार्तिक ६ गतेसम्म न्युनतम एक हजार कित्ताका शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।  

आवेदकहरूले बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा आइपुग्ने गरि कार्तिक ६ गतेसम्म आवेदन पेश गरिसक्नुपर्ने छ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको