Like us!
Follow us!
Connect us!
Watch us!

महिला सहयात्रा लघुवित्तले धमाधम पठाउँदै नगद लाभांश

अर्थसंसार

शुक्रबार, ०२ असोज २०७७, १२ : १९ मा प्रकाशित

महिला सहयात्रा लघुवित्तले धमाधम पठाउँदै नगद लाभांश

अर्थ संसार, काठमाडौँ - महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूको बैंक खातामा नगद लाभांश पठाउन थालेको छ ।

संस्थाको भदौ १३ गते सम्पन्न भएकाे साताैँ वार्षिक साधारण सभाले पारित गरेकाे ७.५ प्रतिशत नगद लाभांश गत चैत्र ३ गतेसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुकाे खातामा भदौ २८ गतेबाट जम्मा गरिएकाे संस्थाले जनाएकाे छ ।

संस्थाले हालसम्म आफ्नाे शेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गरी आफ्नाे नगद लाभांश प्राप्त गर्नका लागि आग्रह गरेकाे छ । संस्थाकाे शेयर रजिष्ट्रार सिद्दार्थ क्यापिटल लिमिटेड रहेको छ । 

आफ्नो शेयर धितो राखेका शेयरधनीहरुको हकमा नगद लाभांस ओराप्त गर्नको लागि सम्बन्धित बैंक/वित्तीय संस्थ्यको स्वीकृति अनिवार्य रुपमा पेशा गर्नुपर्ने संस्थाले जनाएकाे छ ।

संस्थाले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् : 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको