Like us!
Follow us!
Connect us!
Watch us!

समाचार संकलनको क्रममा पत्रकारमाथि प्रहरीले गरेको दुर्व्यवहारप्रति महासं‌घको ध्यानाकर्षण

अर्थसंसार

शुक्रबार, ०२ असोज २०७७, १६ : ०९ मा प्रकाशित

समाचार संकलनको क्रममा पत्रकारमाथि प्रहरीले गरेको दुर्व्यवहारप्रति महासं‌घको ध्यानाकर्षण

अर्थ संसार, काठमाडौं । समाचार संकलनको क्रममा पत्रकारमाथि प्रहरीले गरेको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण जनाएको छ ।
महासंघले  प्रेस विज्ञप्ति निकालेर प्रहरीले समाचार संकलनका क्रममा दुर्व्यवहार गर्दै पक्राउ गर्ने प्रयास गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 

समाचार संकलनको क्रममा नेपाल फोटो पत्रकार क्लवका सदस्य चन्द्रबहादुर आले र अनलाइनखबरडटकमका पत्रकार रोयल आचार्यमाथि शुक्रबार दिउँसो प्रहरीले दुर्व्यवहार गरेको थियो ।

स्वतन्त्र यूपमा पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारमाथि प्रहरीद्वारा गरिएको यो हर्कत प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै महासंघले घोर भर्त्सना गरेको छ ।

महासंघका महासचिव रमेश विष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘महासंघ प्रेसमाथि भएको ज्यादतीको कडा शब्दमा भर्त्सना गर्दछ । र, प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न तथा निर्वाध रुपमा काम गर्ने वातावरण निर्माण गर्न महासंघ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको