Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन शुरु

अर्थसंसार

शनिबार, ०३ असोज २०७७, ०९ : ५४ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन शुरु

अर्थ संसार, काठमाडौं - जिल्ला प्रशासन कार्यालय बैतडीले राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण सङ्कलनका काम शुरु गरेको छ । 

दशरथचन्द नगरपालिकाका उपप्रमुख मिना चन्दको फोटो खिचेर आवश्यक व्यक्तिगत विवरण सङ्कलन गरी सो कामको शुरु गरिएको हो । 

शुक्रबार उपप्रमुखसहित तीन जनाको विवरण सङ्कलन गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । सङ्कलन कार्य शुरु भएको जानकारी गराउँदै सहायक प्रजिअ लोकेन्द्रसिंह नेगीले राष्ट्रिय परिचय पत्रले व्यक्तिका सबै विवरण बुझाउने हुँदा सबैले पत्र बनाउनुपर्ने बताए । 

सङ्कलन गरेर ल्याएपछि ती विवरणको आधारमा परिचय पत्र बाँडिनेछ । उनले भने, “अबदेखि नागरिकता पाएकै दिन परिचय पत्रको लागि आवश्यक विवरण भरी राष्ट्रिय परिचय पत्र विवरण भर्ने व्यवस्था मिलाइएको छ ।”  

राष्ट्रिय परिचय पत्रका लागि विवरण सङ्कलनको काम शुरु भएकाले विवरण सङ्कलन गराउन बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले  जिल्लावासीलाई आग्रह गरेका छन् ।

परिचय पत्रका लागि विवरण भर्न सम्बन्धित व्यक्ति, बुवा र आमाको नागरिकता र शैक्षिक योग्याताका प्रमाणपत्र पनि सक्कलै लिएर आउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । 

दश अङ्कको नम्बर रहेको परिचय पत्रमा नागरिकको सबै विवरण साथै नागरिकतामा नभएको हजुरबुबाको नाम, आमाको नाम, पति र पत्नीको नाम, हातका सबै औठा छाप, शैक्षिक योग्यता, पेशा, अस्थायी र स्थायी ठेगाना उल्लेख गर्नुपर्ने हुन्छ । 

यसरी भरेर पठाएको विवरण राष्ट्रिय परिचय पत्र व्यवस्थापन तथा पञ्जीकरण विभागबाट राष्ट्रिय परिचय पत्र तयार पारेर जिल्लामा पठाएपछि सम्बन्धित व्यक्तिले पाउँनेछन् । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको