अर्थ संसार, काठमाडौं - सनराइज फर्स्ट म्युचुअल फण्डले योजनाको प्रतिफल वितरण गर्ने प्रयोजनका लागि शेयरधनी दर्ता किताब बन्द (क्लोजबुक) मिति तय गरेको छ ।
फण्डले एक सूचना प्रकाशन गर्दै असोज ११ गते एक दिनका लागि शेयरधनी दर्ता किताब बन्द गरिने जनाएको छ ।
त्यसैले सो मितिभन्दा अघिल्लो दिनसम्म नेप्सेको प्रणालीमा कारोबार भई प्रचलित कानून बमोजिम तोकिएको समयावधि भित्र रितपूर्वक नामसारी भई आएका इकाईधनिहरुलेले मात्र नगत प्रतिफल पाउनेछन् । यो योजनाको व्यवस्थापक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
सनराइज म्युचुअल फण्डले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस