Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाण्डूको लिलामी शेयर भर्ने अन्तिम दिन आज !

अर्थसंसार

आइतबार, ०४ असोज २०७७, ०७ : ०५ मा प्रकाशित

बैंक अफ काठमाण्डूको लिलामी शेयर भर्ने अन्तिम दिन आज !

अर्थ संसार, काठमाडौँ - बैंक अफ काठमाण्डू लिमिटेडले लिलामी मार्फत बिक्री खुल्ला गरेकाे संस्थापक समूहकाे शेयर भर्ने आज (असाेज ४ गते, आइतबार) अन्तिम दिन रहेकाे छ । बैंकले भदौ १ गते, साेमबारबाट लिलामी मार्फत संस्थापक समूहकाे शेयर बिक्रीका खुल्ला गरेकाे  थियो ।

बैंकले राष्ट्र बैंकद्वारा जारी निर्देशन तथा धितोपत्र दर्ता तथा निष्कासन (तेस्रो संशोधन) नियमावली २०७६ मा भएको व्यवस्था अनुसार संस्थापक समूहको ३ लाख १६ हजार १ सय ५६ कित्ता शेयर लिलामी मार्फत बिक्री खुल्ला गरेकाे हाे । 

उक्त लिलामी शेयरमा खरिद गर्न इच्छुक संस्थापक शेयरधनी लगायत अन्य व्यक्ति तथा संगठित संस्थाले आजसम्म मात्र आवेदन दिन सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रतिशेयर १४० रूपैयाँ तोकिएको छ । 

त्यसैगरी, लगानीकर्ताले बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता वा सो भन्दा बढीको लागि १० अंकको गुणामा नेपाल राष्ट्र बैंकले तोकेको प्रति व्याक्ति संस्था सीमाको अधिनमा रहने गरी अधिकतम ३ लाख १६ हजार १ सय ५६ कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, लिलामी शेयरमा प्राप्त शिलबन्दी बोलपत्रहरु भाेलि (असाेज ५ गते, साेमबार) १०:३० बजे बिक्री प्रबन्धक एनएमबी क्यापिटलकाे कार्यालयमा खुल्ने पनि बैंकले जानकारी दिएकाे छ । बैंकको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको