Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषको संस्थापक शेयर भर्नुभयाे ? आज अन्तिम माैका !

अर्थसंसार

आइतबार, ०४ असोज २०७७, ०० : ३५ मा प्रकाशित

नागरिक लगानी कोषको संस्थापक शेयर भर्नुभयाे ? आज अन्तिम माैका !

अर्थ संसार, काठमाडौँ - प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडकाे स्वामित्वमा रहेको नागरिक लगानी कोषकाे संस्थापक समूहकाे शेयरमा शिलबन्दी बाेलपत्र पेश गर्ने अन्तिम दिन आज (असाेज ४ गते, आइतबार) सम्म रहेकाे छ ।  

कोषले भदौ २८ गते आइतबार बाेलकबाेल प्रक्रियाबाट संस्थापक समूहकाे ५० हजार कित्ता शेयरहरू बिक्री खुल्ला गरेकाे थियाे ।

उक्त शेयरहरू खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले प्रति कित्ता २ हजार ३ सय रुपैयाँमा नघट्ने गरि आजसम्म शिलबन्दी बाेलपत्र पेश गर्न सक्नेछन् । लगानीकर्ताहरूले न्यूनतम १०० कित्ता र १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि बोलपत्र पेश गर्न सक्नेछन् ।

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । 

 

5f66c3de1e6b8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको