Like us!
Follow us!
Connect us!
Watch us!

लिवर्टी इनर्जीको कारोबार आजबाट सुरु, शेयर मूल्य कति पुग्छ होला ?

अर्थसंसार

आइतबार, ०४ असोज २०७७, ०८ : ५८ मा प्रकाशित

लिवर्टी इनर्जीको कारोबार आजबाट सुरु, शेयर मूल्य कति पुग्छ होला ?

अर्थ संसार, काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएसगैँ लिवर्टी इनर्जी कम्पनीको साधारण शेयर (आइपिओ) आज (आइतबार) बाट नेप्सेमा कारोबार हुने भएको छ ।

कम्पनीको १ करोड ५० लाख कित्ता साधारण शेयर (आइपिओ) शुक्रबार नेप्सेमा सुचिकृत भएको हो ।

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि न्युनतम एक सय रूपैयाँदेखि अधिकतम ३ सय रूपैयाँसम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीले भदौ ३ देखि ७ गतेसम्म साधारण शेयर निष्काशन गरेको थियो। 

कम्पनीले सर्वसाधारणका लागि ३५ करोड ६४ लाख ९३ हजार रुपैयाँ मूल्यको ३५ लाख ६४ हजार ९ सय ३० कित्ता शेयर निष्काशन गरेको थियो । जसमा १ लाख ८५ हजार ९ सय ७५ जना आवेदकबाट ७१ करोड ६८ लाख ११ हजार रुपैयाँको आवेदन परेको थियो। कम्पनीकाे आइपिओलाई शेयर काराेबार गर्नका एलइसी (LEC) संकेत प्रदान गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको