Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंकले ११ लाख कित्ता शेयर लिलाम गर्दै

अर्थसंसार

आइतबार, ०४ असोज २०७७, १० : ५१ मा प्रकाशित

मेगा बैंकले ११ लाख कित्ता शेयर लिलाम गर्दै

अर्थ संसार, काठमाडौं – मेगा बैंक लिमिटेडले संस्थापक समूहको ११ लाख ३३ हजार ३ सय ४४ कित्ता शेयर लिलामीमा बिक्री गर्ने भएको छ ।

बैंकले संस्थापक समूहको ११ लाख ३३ हजार ३ सय ४४ दशमलव ७० कित्ता र सर्वसाधारण समूहको ७ लाख ७ हजार ३९४ दशमलव ६३ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको हाे । 

उक्त शेयर असाेज ११ गतेबाट बिक्रीका खुल्ला हुनेछ । उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर १ सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।  लगानीकर्ताले न्युनतम १ सय कित्ता र अधिकतम १ लाख कित्ताको लागि असोज ११ गतेदेखि असोज १८ गतेसम्म आवेदन दिन सक्नेछन् । 

बैंकको निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको