Like us!
Follow us!
Connect us!
Watch us!

गुराँस लाइफ इन्स्योरेन्सको अवितरित हकप्रद शेयर लिलामीमा, कहिलेबाट दिने आवेदन ?

अर्थसंसार

सोमबार, ०५ असोज २०७७, ०८ : ११ मा प्रकाशित

गुराँस लाइफ इन्स्योरेन्सको अवितरित हकप्रद शेयर लिलामीमा, कहिलेबाट दिने आवेदन ?

अर्थ संसार, काठमाडौं - गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अवितरित हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । इन्स्योरेन्सले असाेज १३ गतेबाट शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको हो ।

कम्पनीले संस्थापक समुहको ३ लाख ३७ हजार ५६५ कित्ता र सर्वसाधारण समूहको २ लाख ५२ हजार ४४५ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको हाे ।

इन्स्योरेन्सले गत असार १४ गतेदेखि साउन ४ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो। 

उक्त हकप्रद शेयर खरीद गर्न इच्छुक व्यक्ति, कम्पनी, संघ तथा संस्थाहरूले असोज १३ गतेदेखि १९ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । 

यसैगरी, उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर १ सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

कम्पनीकाे हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गरेकाे छ ।

इन्स्योरेन्सले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :

5f6810d38b707.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको