अर्थ संसार काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सहारा विकास बैंक लिमिटेडको शेयर कारोबार रोक्का गरेको छ ।
गरिमा विकास बैंक लिमिटेड र सहारा विकास बैंक लिमिटेडले प्राप्ति गर्ने सम्बन्धि सहमतिपत्रमा हस्ताक्षर गरेसँगै सो बैंकको शेयर काराेबार आज (असाेज १८ गते, आइतबार) बाट राेक्का गरिएकाे नेप्सेले जनाएकाे छ ।
।
नेप्सेका अनुसार बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धि विनियमावली, २०७३ काे विनियम ६ (१) बमाेजिम सहारा विकास बैंक लिमिटेडको शेयर काराेबार रोक्का गरिएको हो ।
नेप्सेले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस