Like us!
Follow us!
Connect us!
Watch us!

बिमा समितिको निर्देशनात्मक आदेश : अनुमतिपत्र लिने भए छिटो आऊ

सोमबार, ०४ बैशाख २०७४, १२ : १६ मा प्रकाशित

बिमा समितिको निर्देशनात्मक आदेश :  अनुमतिपत्र लिने भए छिटो आऊ

अर्थ संसार
काठमाडौँ– बिमा समितिले बिमा व्यावसायमा नयाँ लगानी गर्न चाहने कम्पनीहरुलाई अनुमति लिनेभ ए तत्काल समितिमा सम्पर्क राख्न निर्देशनात्मक आदेश दिएको छ ।

बिमा व्यावसाय सञ्चालनका लागि भन्दै १४ वटा कम्पनीले समितिमा निवेदन दिएका थिए । निवेदन दिएकालाई सञ्चालनको अनुमति लिन समितिले निर्देशनात्मक आदेश दिएको जनाएको छ ।

बीमा समितिले नयाँ कम्पनीको लाइसेन्स लिन आउन दर्ता भएका कम्पनीलाई पत्राचार गरेको छ । नयाँ निर्दे्शिका अनुसार प्रक्रिया मिलाएर २१ दिनभित्रमा आउन १४ कम्पनीलाई समितिले पत्राचार गरेको हो ।

समितिले आइतबार नयाँ १४ कम्पनीलाई पत्र लेख्दै २१ दिन भित्रमा आवश्यक कागजात पेश गरेर लाइसेन्स लिन आउन पत्राचार गरेको प्रवक्ता श्रीमान कार्कीले भने ।

 ‘समितिमा दर्ता भएका १४ कम्पनीलाई लाइसेन्स लिने भए नयाँ निर्दे्शिका अनुसार प्रक्रिया पुर्याएर २१ दिन भित्रमा आइसक्न पत्राचार गरिएको छ,। समितिले ५ वटा निर्जीबन र ९ वटा जीबन बीमा कम्पनीलाई लाइसेन्स लिन आउन पत्राचार गरेको हो ।

बीमा ऐन अनुसार निर्जीबन बीमा कम्पनीको लाइसेन्स समिति आफैले दिन सक्छ । जीबन बीमा कम्पनीको लाइसेन्स भने समितिको सिफारिसमा अर्थ मन्त्रालयले दिने ब्यवस्था छ ।समितिमा जीबन बीमा ब्यवसाय गर्ने भन्दै आइएमइ, सानिमा, सिटिजन्स, रिलायबल, रिलायन्स, सनलाइफ, स्टार, स्टयाण्डर्ड लगायतका कम्पनी दर्ता भइसकेका छन् ।

यस्तै निर्जीबन बीमा कम्पनी तर्फ महालक्ष्मी, ज्योति, युनियनलगायतका कम्पनी समितिमा दर्ता भइसकेका छन् । समितिले कम्पनी रजिस्टारको कार्यालयमा कम्पनी दर्ता गरेका र समितिमा निवेदन दिएका कम्पनीलाई अनुमति लिन ताकेता गरेको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको