Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा प्राविधिक गडबडी, सूचक ३७ प्रतिशतले घटेर १७१७.७९ बिन्दुमा !

अर्थ संसार

शुक्रबार, ०८ साउन २०८३, १७ : २८ मा प्रकाशित

नेप्सेमा प्राविधिक गडबडी, सूचक ३७ प्रतिशतले  घटेर १७१७.७९ बिन्दुमा !

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को वेबसाइटमा प्राविधिक त्रुटिका कारण सेयर बजार परिसूचक एक्कासी १००८.९३ अंक (३७ प्रतिशत) ले घटेको देखिएको छ। शुक्रबार कारोबार समय सकिँदा नेप्से ७.९० अंकले बढेर २७३४.६३ बिन्दुमा पुगेर बन्द भएको थियो। तर, करिब साढे तीन बजेतिर भने नेप्से परिसूचक एक्कासी घटेर १७१७.७९ बिन्दुमा झरेको देखाएको थियो।

कारोबार समयसम्म बजार सामान्य अवस्थामै रहे पनि पछि प्राविधिक गडबडीका कारण सूचकमा यस्तो समस्या देखिएको नेप्सेले जनाएको छ। नेप्सेका अनुसार उक्त प्राविधिक समस्या समाधान गर्ने प्रयास भइरहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको