Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषको संस्थापक शेयर बिक्रीका लागि खुल्ला, प्रतिकित्ता मूल्य कति ?

अर्थ संसार

शुक्रबार, ३० असोज २०७७, ०७ : ३९ मा प्रकाशित

नागरिक लगानी कोषको संस्थापक शेयर बिक्रीका लागि खुल्ला, प्रतिकित्ता मूल्य कति ?

अर्थ संसार, काठमाडौं– प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर बोलकबोल प्रक्रियाबाट बिक्री गरिने भएको छ  ।

कोषको संस्थापक समुहको ५० हजार कित्ता संस्थापक शेयर बोलकबोल प्रक्रियाबाट बिक्रीका लागि खुल्ला गरिएको हो  ।

उक्त शेयर खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले आज (असोज ३० गते शुक्रबार) देखि कार्तिक ७ गते शुक्रबारसम्म आवेदन दिन सक्नेछन्  ।

त्यसैगरी उक्त शेयरको प्रतिकित्ता मूल्य १ हजार ९ सय ७५ रुपैयाँ तोकिएको छ त्यसले सोभन्दा बढी मूल्यका लागि आवेदन दिनुपर्नेछ  । 
शेयर खरिदका लागि बोलकबोल गर्दा न्युनतम ३क् सय कित्ता वा सो भन्दा माथि १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्  ।

उक्त शेयर बिक्री प्रवन्धकको काम नबिल इन्भेष्टमेन्ट बैकिङग् लिमिटेडले गर्नेछ  ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको