Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषले १२ अर्ब ५६ करोड बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने

अर्थ संसार

शुक्रबार, ३० असोज २०७७, ११ : ०१ मा प्रकाशित

नागरिक लगानी कोषले १२ अर्ब ५६ करोड बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने

अर्थ संसार, काठमाडौं - नागरिक लगानी कोषले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कोषले १२ अर्ब ५६ करोड ३ लाख रुपैयाँ बराबरको रकम निक्षेपमा लगानी गर्न लागेको हो ।

कोषले एकदेखि दुई वर्ष अवधिका लागि उक्त रकम नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त 'क' वर्गका बैंकमा मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।

इच्छुक  बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम, व्याजदर र व्याज भुक्तानी गर्ने समयावधि उल्लेख गरी कार्तिक २ गते आइतारबार दिउँसो ४ बजे भित्र शिलबन्दी प्रस्ताव बुझाउन सक्नेछन् ।

कोषले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको