Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकको वार्षिक सभा स्थगित, यस्तो छ कारण !

अर्थ संसार

शनिबार, ०१ कार्तिक २०७७, १२ : ३१ मा प्रकाशित

माछापुच्छ्रे बैंकको वार्षिक सभा स्थगित, यस्तो छ कारण !

अर्थ संसार, काठमाडौँ - माछापुच्छ्रे बैंक लिमिटेडकाे २२औंं वार्षिक साधारण सभा स्थगित भएकाे छ ।

बैंककाे हिजाे (असाेज ३० गते, शुक्रबार) बसेकाे सञ्चालक समितिकाे बैठकले कोरोना संक्रमण बढेको र आउँदा चाडपर्वको कारण शेयरधनीहरूलाई साधारण सभामा भाग लिन कठिनाई हुने परिस्थितिलाई मध्यनजर गर्दै सभा स्थगित गरिएकाे जानकारी दिएकाे छ ।

यसअघि सभा कार्तिक ६ गते, हाेटल पाेखरा ग्राण्ड, पार्दि, पाेखरामा गरिने भनिएको थियो । सभा अर्काे सूचना प्रकाशित नभएसम्मका लागि सभा स्थगित गरिएकाे बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको