Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

अर्थ संसार

सोमबार, ०३ कार्तिक २०७७, १४ : २७ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

अर्थ संसार, काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको लाभांश घोषणा भएको छ । 

बैंकले आर्थिक वर्ष २०७६/७७ मुनाफाबाट शेयरधनीहरुलाई ११ प्रतिशत लाभांश दिने  लाभांश दिने घोषणा गरेको हो ।

बैंकका अनुसार सोमबार बसेको ३४५औं सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ७ दशमलव ७० प्रतिशत बोनस शेयर र कर सहित ३ दशमलव ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि प्रस्तावित लाभांश वितरण गरिने बैंक जानकारी दिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको