Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकको ३ लाख १८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

अर्थ संसार

सोमबार, ११ चैत्र २०८१, १६ : ५५ मा प्रकाशित

सिटिजन्स बैंकको ३ लाख १८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेको छ । बैंकले दुईजना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ३ लाख १८ हजार ८७३.१५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । 

यसमा बैंकले प्रतिकित्ता सेयरको न्यूनतम  मूल्य १०० रुपैयाँ तोकेको छ । 

यसमा जो कोही व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक जो कोहीले ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन पेश गर्नु पर्नेछ । 

यसअघि बैंकका विद्यमान संस्थापकहरुलाई सेयर बिक्री खुला गर्दा आवेदन नपरेको हुनाले बैंकले यसपटक अन्य लगानीकर्ताले पनि आवेदन दिन मिल्ने व्यवस्था गरिदिएको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको