Like us!
Follow us!
Connect us!
Watch us!

पुनः उचालियो बजार, एक अर्ब बढीको कारोबार

बुधबार, ०६ बैशाख २०७४, १६ : ०१ मा प्रकाशित

पुनः उचालियो बजार, एक अर्ब बढीको कारोबार

अर्थ संसार 
काठमाडौं– धितोपत्र बजारमा आज विभिन्न कम्पनीको सेयर मुल्य बढेको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार आज बजार ४९.९८ बिन्दुले बढेको छ । ठूला कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत १०.७७ बिन्दुले बढेको छ । 

फ्लोट समेत ३.५९ बिन्दुले बढेको छ । आज अन्य समूह बाहेक अरु सबै समूहकोे सेयर मल्य बढेको छ । बैंकिड समह ४९.२, होटल ८७.२९, विकास बैंक ६९.५७, जलविद्युत ६८.६१, फाइनान्स १७.७१, बीमा २९२.६७,  उत्पादन समूह ९.४३ बिन्दुले बढेको छ । 

कुल १४२ कम्पनीको १८ लाख २ हजार ४६७ कित्ता सेयर रु एक अर्ब ७ करोड १४ लाख २४ हजार ३४८ मुल्यमा कनिबेच भएको नेपाल स्टक एक्चेन्जले जानकारी दिएको छ । 

आज राष्ट्रिय बिमा कम्पनी लिमिटेडको रु पाँच करोड एक हजार ७४२ बराबरको सेयर कारोबार भयो । यस्तै गुरास लाइफ  इन्स्योरेन्स  कम्पनीको रु चार करोड नौ लाख ७३ हजार ५५, सानिमा बैंकको रु चार करोड नौ लाख ५६ हजार ९४ को कारोबार भएको छ । ती कम्पनी आजको सबैभन्दा बढी कारोबार गर्ने कम्पनीका रुपमा देखिएका छन् । 

मंगलबार घटेको बजार आज पुन उचालिएको हो । यसले बजार अनिशिचत छ र लगानी गर्दा ध्यान पुर्याएर मात्र गर्नुपर्ने  अवस्थाको सिर्जना गरिदिएको छ । 

सेयर कारोबार गर्दा नआत्तिन र धैर्यतापूर्वक गर्न समेत बजारले लगानीकर्तालाई सचेत गराएको छ । एक दिन घटने र एक दिन बढ्ने बजारले लगानीकर्ताको विश्वास अझै पनि बजार प्रति नरहेको भन्ने देखिन्छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको